दफा १८
अदालतलाई भए सरहको अधिकार हुने
(१) यस ऐनको प्रयोजनको लागि अन्त: शुल्क .अधिकृतलाई सम्बन्धित व्यक्तिलाई झिकाउने बयान गराउने प्रमाण बुझ्ने र लिखतहरु पेश गर्न लगाउने थुनामा राख्ने वा जमानीमा छोड्ने सम्बन्धमा प्रचलित कानून बमोजिम अदालतलाई भए सरहको अधिकार हुनेछ।

(२) यस ऐन बमोजिम कारबाही गर्दा अन्त:शुल्क अधिकृतले संक्षिप्त कार्यविधि ऐन २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।